मनकारी दोर्जे : लकडाउनले अलपत्र परेका पर्यटकलाई निःशुलक खाना खुवाउँदै, हेर्नुहोस् भिडियो

पोखरा : नेपालमा पनि कोरोना भाइरसको संक्रमित भेटिए पछि नेपाल सरकारले सात दिनको लागि गरेको लकडाउनका कारण पोखरामा रहेका पर्यटकको बिचल्ली भएको छ । सबै होटल र रेस्टुरेन्ट बन्द भएका कारण उनीहरुले खान समेत पाएका छैनन् ।

हेर्नुहोस् भिडियो :

सरकारले मंगलबार देखि नेपालभर लक डाउन’ गरेपछि त्यसको प्रभाब देशै भर परेको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडका सबै होटल र रेस्टुरेन्ट पूर्ण रुपमा बन्द छन । जसका कारण विभिन्न समस्याले आफ्नो देश फर्कन नसकेका र भर्खरै ट्रेकिंगबाट फर्किएका बिदेशी पर्यटकको बिचल्ली भएको छ । खानेकुराको खोजीमा भोकभोकै सडकमा भौतारिरहेका पर्यटक बाक्लो संख्यामा पोखरामा देखिएका छन् ।

यस्तोमा बाराहीचोक स्थित मुनडान्स रेष्टुरेण्टले भने खान खान नपाएर भोक भोकै भौतारिएका पर्यटकलाई निशुल्क नेपाली खाना खाने ब्यबस्था गरेको छ । भिडभाड नगरी प्याकिंग गरेको खाना पर्यटकले निशुल्क लिएन जान पाउने ब्यबस्था सञ्चालकले गरेका हुन् ।

रेष्टुरेण्टले बाहिर खाना लैजान गाह्रो हुने पर्यटकलाई भित्र नै राखेर खाना खुवाउने व्यवस्था पनि गरेको छ । खानाको खोजीमा भोकभोकै भौतारिएका पर्यटकहरु त्यो पनि निशुल्क खाना पाउदा अत्यन्तै हर्षित देखिन्छन् ।

रेष्टुरेण्टले दिनको १२ बजे देखि २ बजे सम्म आउने पर्यटकलाई निःशुल्क नेपाली खाना खुवाएको छ । हाललाई यो सात दिनको लागि व्यवस्था गरेपनि आगामी दिनमा अन्य ब्यबसायीसंग मिलेर पर्यटकलाइ भोको नराख्ने पर्यटन ब्यबसायीको भनाइ छ ।

एकजना ब्यापारीले एस्तो गरिरहदा पर्यटन ब्यबसायीका संघसंस्था भने पर्यटकलाइ परेको यो सामस्याको बारेमा कुनै कदम चलेका छैनन् । उता प्रशासनले पनि यो बिषयमा खासै चासो देखाएको देखिदैन । कतै नेपालीको मूल मन्त्र अतिथि देबो भव भन्ने बोलीमा मात्र सिमित भएको त हैन ?

तपाईको प्रतिक्रिया

Techie