पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश

एजेन्सी : पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डिजोनमाथि ६–१ को जित सहित पीएसजी अन्तिम ४ मा प्रवेश गरेको हो । खेलमा पाब्लो साराबियाले दुई गोल गरे । केलियन एम्बाप्पे, थिएगो सिल्भाले एक–एक गोल गरे ।

वेस्ले लाउटोआ र सेनु कौलबलीले एक–एक आत्मघाती गोल उपहार दिए । डिजोनका मौनीरले एक गोल फर्काए । पीएसजी गत बर्ष रेनससंग फाईनलमा पराजित बनेको थियो । यसअघि पनि पीएसजीले चार पटक फ्रेन्च कपको उपाधि हात पारिसकेको छ ।

तपाईको प्रतिक्रिया

Techie