विश्वकप क्रिकेट लिग २ : आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग दुईको चौथो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान साढे नौ बजे हुने खेलमा नेपाल दोस्रो जीतको खोजीमा हुनेछ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो ।

दुवै देश आज जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्यको प्रयासमा हुनेछन् । विश्वकप छनौटको रूपमा रहेको सिरिजमा अमेरिकाले जित निकाल्न सकेको छैन । ओमान अपराजित छ । नेपालले एक खेल मात्रै जितेको छ । ओमान लिग तालिकाको शीर्ष स्थानमा र अमेरिका दोस्रो स्थानमा छ । नेपाल भने पुछारबाट दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया

Techie