आईसीसी विश्वकप लिग २ : आज अमेरिका र ओमानबीच प्रतिस्पर्धा

काठमाडौं : विश्वकप क्रिकेट लिग दुई अन्तर्गत तेस्रो सिरिज खेल्न नेपाल आएका ओमान र अमेरिका आज आमने–सामने हुँदैछन् । खेल कीर्तिपुर स्थित क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । दुवै टिम खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेन लक्ष्यमा छन् ।

दुवै देश गत वर्ष भएको डिभिजन दुईमा एकदिवसीय मान्यता पाएपछि लिग दुईका लागि छनोट भएका थिए । ओमानले पहिलो खेलमा घरेलु टोली नेपाललाई हिजो १८ रनले पराजित गरेको थियो । अमेरिका भने पहिलो खेल खेल्न लागेको हो ।

यसअघि दुवै टिमले दुई सिरिज खेलिसकेका छन् । अमेरिका ८ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको शिर्ष स्थानमा छ । ओमान ७ खेलमा ५ जित सहित १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

सात राष्ट्र सहभागी लिग दुईमा हरेक टिमले ३६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छन् । शीर्ष तीनमा रहने राष्ट्रले सन् २०२३ को विश्वकप छनोटमा स्थान बनाउने छन् ।

तपाईको प्रतिक्रिया

Techie