नेपाल ओमानसँग १८ रनले पराजित

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल ओमानसँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।
नेपालले टस जित्दै पहिले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो ।ओमानले निर्धारित ५० ओभरमा दिएको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रन जोडेर अलआउट भयो। खेलमा नेपालको लागि भेषवाकरले अर्धसतकीय पारी खेले भने शरद भेषवाकरले सर्वाधिक ५५ रन जोडे।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३६ रनको योगदान गर्दा सन्दीप लामिछानेले २८ रन जोडे। ओमानका लागि मोहम्मद नदिमले सर्वाधिक ५९ रन जोडे। नेपालले कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान समेत रहेका पारस खड्कालाई सस्तैमा गुमाउनुपर्यो।

१२ रन खेलेका ज्ञानेन्द्र १ रनमा आउट हुँदा १४ बल खेलेका पारस खड्काले मात्र ३ रन जोडे। हारका बाबजुद पनि नेपालका युवा बलर सुसन भारीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू खेलमा सनसनीपूर्ण प्रदर्शन गरे।

तपाईको प्रतिक्रिया

Techie