दर्शन गुरुङको निर्णायक गोलले एनआरटीसंग नेपाल प्रहरी स्तब्ध

एनआरटीद्धारा नेपाल पुलिस १–० गोलले पराजित

काठमाडौं । दर्शन गुरुङको निर्णायक गोलमा न्युरोड टिम (एनआरटी) ले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब नेपाल पुलिसलाई पराजित गरेको छ । छैटौं चरणको खेलमा आमनेसामने भएको एनआरटीले नेपाल पुलिसमाथि १–० गोलको जित निकालेको हो । एनआरटीको जितमा दर्शनको गोल निर्णायक बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा एनआरटी ७६ औं स्थानमा गोल सफल भयो । राजेश परियारको पासमा दर्शनले उत्कृष्ट गोल गरेपछि एनआरटी जित निकाल्न सफल भएको हो । त्यसपछिको बाँकी समय पुलिसले बराबरी गोल फर्काउन नसक्दा लिगमा दोस्रो हार ब्यहोरेको छ । खेलको इन्जुरी समयमा अन्जन राइको प्रहार बाहिरिँदा पुलिस बराबरी गोल फर्काउन असफल भयो । ३६ औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार एनआरटीका गोलकिपरले रोके । एनआरटीको गोलअघि पुलिसले अधिंकाश समय बल नियन्त्रणमा लिएपनि गोल गर्न सकेन ।

तपाईको प्रतिक्रिया

Techie