सन्दीप लामिछानेद्वारा कोरोना राहत कोषमा एक लाख सहयोग

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख सहयोग दिने घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सरकारले गठन गरेको राहत कोषमा एक लाख दिने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकारी राहत कोषमा सो रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले मानिसबीचको भौतिक दुरी कायम गर्न आग्रह गर्दै सक्दो सहयोग गर्न सबैमा अपिल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie