डिबाला र उनकी प्रेमिकालाई कोरोना संक्रमण

एजेन्सी : इटालियन सिरी ए फुटबल क्लब युभेन्टसका स्ट्राइकर पाउलो डिबालालाई कोरोना संक्रमण भएको छ । डिबालाले इन्स्टाग्राम मार्फत आफू र प्रेमिकालाई कोरोना भाइरसको संक्रमण भएको तर स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका हुन् ।

त्यस्तै इटालीको राष्ट्रिय टिमका पूर्व कप्तान पाओलो माल्दिनीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसी मिलानका प्राविधिक निर्देशक रहेका माल्दिनीसँगै छोरामा पनि संक्रमण देखिएको छ । दुबैको स्वास्थ्य राम्रो रहेको एसी मिलानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie