धेरै मानिसको परीक्षण गरेका कारण कोरोना संक्रमितको संख्या बढी देखियो : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै मानिसको परीक्षण गरेका कारण कोरोना संक्रमितको संख्या बढी देखिएको दावी गरेका छन् । अमेरिकामा एकै दिन १७ हजार भन्दा बढी संक्रमित भेटिएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।

उनले कोरोना भाइरसको उद्गमस्थल रहेको चीनले तथ्यांक लुकाएको आरोप लगाए । चीनले कोरोनाको संक्रमणको जुन तथ्यांक बाहिर देखाएको छ, त्यो सत्य नभएको ट्रम्पको दावी छ ।

अमेरिकामा पुष्टि भएका संक्रमितको संख्या विश्वमा सबैभन्दा धेरै पुगेको छ । अमेरिकामा कुल संक्रमितको संख्या कोरोना भाइरसको उत्पति भएको चीनमा भन्दा धेरै पुगेको हो । पछिल्लो २४ घण्टामा १७ हजार भन्दा बढीमा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुने देश बनेको हो ।

चीनमा कुल संक्रमितको संख्या ८१ हजा छ भने अमेरिकामा त्यो संख्या ८५ हजार नाघेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ सय ६८ जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म १२ सय ९५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie