कोरोनाविरुद्ध काम गर्ने भनिएको औषधि खाएर एक जनाको मृत्यु

एजेन्सी : कोरोना भाइरसविरुद्ध काम गर्ने भनिएको क्लोरोक्वीन औषधि खाएका अमेरिकाको एरिजोनाका एक व्यक्तिको मृत्यु भएको छ । सो औषधि खाएकी उनकी श्रीमती गम्भीर अवस्थामा अस्पतालमा छिन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि क्लोरोक्वीन उपयुक्त हुने भन्दै बारम्बार सार्वजनिक कार्यक्रममा बताउँदै आएका थिए । उनले सो औषधिका प्रयोगका लागि सुझाव दिएका थिए । सोही औषधि खाएका एरिजोनाका व्यक्तिको निधन भएको हो ।

क्लोरोक्वीनलाई माछा राखिने ट्यांक सफा गर्नका लागि पनि प्रयोग गरिन्छ । सो औषधि औलो, लुपस र आर्ग्राइटिस उपचारका उपाधिका लागि स्वीकृत गरेको छ । तर कोरोना भाइरसविरुद्ध यसले सकारात्मक काम गर्छ भन्ने कुरा प्रमाणित भएको छैन । यसमा अनुसन्धान भने जारी छ ।

तपाईको प्रतिक्रिया

Techie