कोरोनाको आशंकामा शंकास्पद विरामीहरु परीक्षणका लागि जाने क्रम बढ्दो

काठमाडौं : केही दिनयता कोरोना संक्रमणको आशंकामा शंकास्पद विरामीहरु परीक्षणका लागि जाने क्रम केही बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म ७ सय ६८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । तिमध्ये तीन जनामा कोरोना संक्रमण देखिएको छ बाँकी ७ सय ५५ जनामा संक्रमण देखिएको छैन ।

संक्रमित तीनजनामध्ये एक डेढ महिना अघि नै उपचारपछि घर फर्केका छन् । दुईजनाको अस्पतालमा उपचार भैरहेको छ । शंकास्पद १७ जनाको विभिन्न अस्पतालमा आइसोसेलनमा राखेर उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार टेकु अस्पतालमा ४, पाटन अस्पतालमा ४ र कान्ति बाल अस्पतालम ९ गरी कूल १७ जनालाई आइसोलेसनमा उपचार भएको भइरहेको हो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा थप ११ जनालाई निगरानीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

Techie