हलिउडका चर्चित अभिनेता टम र उनकी पत्नी कोरोना भाइरसबाट संक्रमित

एजेन्सी : हलिउड अभिनेता टम ह्याक्स कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनकी पत्नी रिटा विल्सनमा पनि भाइरसको संक्रमण देखिएको टमले ट्विटमार्फत जानकारी दिएका छन ।

चलचित्र छायांकनका क्रममा टम दम्पती अहिले अष्ट्रेलियामा रहेका छन् । ६३ वर्षको यो जोडीको अष्ट्रेलियामा जाँचका क्रममा कोरोनाभाइरस रहेको पुष्टि भएको हो । काम गर्दै गर्दा ज्वरो आएपछि उनीहरुको कोरोना संक्रमणको जाँच गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie