याैन दुर्व्यवहार मुद्दामा चर्चित हलिउड चलचित्र निर्माता हार्भीलाई २३ बर्ष जेल सजाय

Harvey Weinstein arrives at a Manhattan courthouse for jury deliberations in his rape trial, Monday, Feb. 24, 2020, in New York. Weinstein was convicted Monday of rape and sexual assault against two women and was immediately handcuffed and led off to jail, sealing his dizzying fall from powerful Hollywood studio boss to archvillain of the #MeToo movement. (AP Photo/Seth Wenig)

एजेन्सी : अमेरिकाको एक अदालतले बलात्कार र यौन आक्रमणका मुद्दामा दोषी ठहर गरिएका चर्चित हलिउड चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको छ। हलिउडमा सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिन गत महिना बालात्कार र यौन आक्रमणका अभियोगमा दोषी पाइएका थिए ।

न्युयोर्कको अदालतको फैसलालाई मीटू भनिने विश्वव्यापी महिला आन्दोलनका अभियन्ताहरूले स्वागत गरेका छन्। अदालतमा बयानमा क्रममा उमेर र चलचित्र उद्योगमा उनको योगदानलाई कदर गर्दै सजाय घटाउनु पर्ने माग वाइन्स्टिनका वकिलहरूले गरेका थिए ।

तर अभियोजनकर्ताले उनीविरुद्धको सजाय उनले अरूलाई गरेको शोषणको सही जबाफ भएको तर्क गरेका थिए । वाइन्स्टिनविरुद्ध कैयौँ यौन दुर्व्यवहारका आरोपहरू लागेका थिए ।

त्यसैबाट प्रभावित भएर यौन दुर्व्यवहारविरुद्ध विश्वव्यापी मीटू अभियान सुरु भएको थियो । उनले भने आफूले सहमतिमा मात्र शारीरिक सम्बन्ध राखेको बताउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया

Techie