‘चपली हाइट ३’को टिजरमा महेशकाे दुई भिन्न अवतार

काठमाडौं : फिल्म ‘चपली हाइट ३’काे टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेता महेश त्रिपाठी, अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, अर्पन थापा लगायतका मुख्य कलाकारलाई स्थान दिइएको छ । निकेश खड्का निर्देशित फिल्ममा प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, जीवन भट्टराईलगायतका कलाकारको अभिनय छ ।

सस्पेन्स थ्रिलर कथामा निर्माण भएको फिल्मलाई निर्माता अर्जुन कुमारले निर्माण गरेका हुन् ।आकाश बरालको लेखन र संवाद रहेको सिनेमामा सुभाष भुषाल/अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन गरेका छन् ।

महेश त्रिपाठी अभनित याे फिल्म तेस्रो फिल्म हाे। चपलि हाइट ३ मा उनलाई “जाेगिकाे” भेषमा र “याङ्ग्री याेङ म्यान” का रुपमा देखाइयकाे छ । महेशकाे अर्को फिल्म “हल्कारा” पनि प्रदर्शनकाे तयारीमा छ । उनी फिल्ममा ग्राजुयट हुँदै फिल्मका प्रध्यापक समेत हुन् । उनले ५०० भन्दा बढी सट फिल्महरुमा अभिनय गरेका छन् ।

अभिनेता त्रिपाठीका केही फिल्मले स्वदेश तथा विदेशमा ठूला अवार्ड समेत प्राप्त गरेका छन् । अभिनेता त्रिपाठी पछिल्लाे समय ठूला पर्दाका फिल्ममा ब्यस्त हुन थालेका छन् । विदेशी केही फिल्ममा विदेशी निर्देशकहरुसँग समेत काम गरेकाे अनुभव उनी सँग छ । सर्बत्र प्रशंसा बटुलेको फिल्म बुलबुलका निर्देशक बिनोद पौडेलले निर्माण गर्न लागेको अर्को फिल्ममा समेत उनी अनुबन्धित भएका छन् ।

2 Comments

  • बधाई तथा शुभकामना, कोरियाको कुन-कुन ठाउँमा चल्छ होला जानकारी पाउ🙏

  • Mahesh tripathi dai ko acting superb

तपाईको प्रतिक्रिया

Techie